पाँच वर्षका लागि चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई

पाँच वर्षका लागि चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई

काठमाडौं । चोभार सुख्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रले पाएको छ । सो बन्दगाह संचालनमा आएको करीव डेढबर्षपछि सरकारले निजी क्षेत्रलाई पाँचबर्षका लागि भाडामा दिएको हो ।

चोभार सुख्खा बन्दरगाह संचालनका लागि २ करोड ८८ लाखमा निजी कम्पनीलाई भाडामा दिएको छ । संचालनमा आएको करीव डेढबर्षपछि नाफा कमाउने उदेश्यका साथ पाचबर्ष संचालनका लागि निजी क्षेत्रलाई दिइएको सरकारले जनाएको छ ।

दुई महिनाभित्र संचालन र व्यवस्थापनको जिम्मेवारी सुम्पिने गरी ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीलाई पाँचबर्षका लागि भाडामा दिइएको हो । चोभार सुख्खा बन्दरगाह २०७८ चैत्रदेखि संचालनको आएको थियो ।

ट्रान्स नेपालले पाँचबर्षमा बन्दरगाह संचालन गरेबापत सरकारलाई २ करोड ८८ लाख रुपैया दिने कबोल गरेको छ । सरकारले आफै संचालनमा ल्याउँदा नाफा नभएका कारण निजी क्षेत्रलाई भाडामा दिइएको चोभार सुख्खा बन्दरगाहले जनाएको छ ।

निजी क्षेत्रको काम छिटो छरितो हुने, अन्तराष्ट्रिय अभ्यासमा पनि बन्दरगाह संचालनमा निजी क्षेत्रले राम्रो काम गरेका कारण जिम्मेवारी दिइएको भनाई सरकारको छ ।

दुई सय रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाहमा ५ सय ट्रक र पाँच सय कन्टेनर राख्नसक्ने क्षमताको पार्किङ रहेको छ । आयात र निर्यातलाई सहजीकरण गर्न बिश्व बैकको १ अर्व ५३ करोड रुपैयाँ ॠण सहयोगमा यो बन्दरगाहको निर्माण भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com