राष्ट्रिय सभा सदस्यका लागि सिटौलाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सभा सदस्यका लागि सिटौलाले दर्ता गराए उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।

उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् । गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com