धनकुटामा ओलीमाथि हातपात

धनकुटामा ओलीमाथि हातपात

काठमाडौँ । पूर्व-पश्चिम सङ्कल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात गर्ने प्रयास भएको छ। भोजपुरबाट धनकुटा जानेक्रममा उनीमाथि हातपात भएको हो।

धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले ओलीमाथि मुक्का हान्ने प्रयास गरेको देखिएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने रक्सी सेवन गरेका राई ओलीको नजिक गएको तर हातपात नगरेको बताए । उनका अनुसार राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com