सरकार गठनका लागि कांग्रेसमा हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसमा हस्ताक्षर संकलन
Roshan

काठमाडौं। नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न सुरु गरेको हो। सांसदहरूको औपचारिक बैठक भने आज बालुवाटारमा बस्दैछ।

आजको भेलामा नयाँ सरकार गठन र भावी रणनीतिबारे छलफल हुने बताइएको छ। कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला भएको हो। कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन्।

सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन्।तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com