उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।

आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com