
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाउनुभएको छ ।
मन्त्रिपरिषद्को बुधबार(आज) बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।