दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा उजुरी

काठमाडौँ । पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईँविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ ।

कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दु सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईँ अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।

प्रसाईँले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईँविरुद्ध युवा सङ्घ नेपाल धनुषका अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ ।

जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com