कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।

सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझ धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।

लेखकका अनुसार उनीहरूले कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् । कांग्रेसले संसदमा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने लेखकले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com