
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।आगामी पुस २८ गते बिहीबारका लागी डाकिएको बैठक १९ दिन पछिका लागी सारिएको हो ।
अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत बैठक सारिएको जानकारी दिनुभयो ।
केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।