राष्ट्रपति निर्वाचन समयमै हुनेगरी व्यवस्था मिलाउन सरकारसँग कांग्रेसको माग

राष्ट्रपति निर्वाचन समयमै हुनेगरी व्यवस्था मिलाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानूनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आज सोमवार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुनेगरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुनेगरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकतावद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो । संविधान र ऐनको विषयमा केही बिरोधाभाष देखिएको छ । मुख्य गरी त संविधानको जे प्रवन्ध छ । संविधानको प्रवन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ । राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैगर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानून र यसका स्पिरिट अनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, त्यो स्थानमा पु¥याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा हो । फागुन २८ सम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदाई हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले त्यो तत्परता देखाउनु पर्छ ।’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुनेगरी एकतावद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनुभएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो । नेपाली काँग्रेसले सत्तारुढ नेकपा ९माओवादी केन्द्र० को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com