कांग्रेसले टुङ्गयो मन्त्रीको नाम

कांग्रेसले टुङ्गयो मन्त्रीको नाम
Published on
Updated on

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो । कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com