अवसर दिने बेला काँग्रेसले मधेश बिर्सिन्छ : नेता पोखरेल

अवसर दिने बेला काँग्रेसले मधेश बिर्सिन्छ : नेता पोखरेल

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले काँग्रेसले अवसरको बाँडफाँट गर्ने बेला मधेशलाई भुल्ने गरेको आरोप लगाएका छन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला काँग्रेसले फेरि एक पट मधेसलाई बिर्सिएको आरोप लगाए ।

आइतबार राति काँग्रेसले टुङ्ग्याएका उम्मेदवारहरूको चयनमा मधेसका सन्दर्भमा असन्तुष्टि पोख्दै नेता पोखरेलले मधेस प्रदेशबाट प्रतिनिधित्व गराउँदा समेत मधेशी समुदायलाई पाखा लगाएको आरोप लगाए । मधेस पार्टीको आधारभूमि भएको भन्ने गरे पनि पार्टीले मधेशी समुदायमाथि भने अन्याय गरेको उनको भनाइ छ ।

‘नेपाली काँग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा मधेस बिर्सियो, यसभन्दा अगाडि मन्त्री बनाउँदा पनि मधेस बिर्सिएको थियो, खुल्ला मधेसको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायकालाई निर्विरोध बनाए,’ नेता पोखरेलले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेका छन्, ‘अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?’

काँग्रेसले मधेसबाट अन्यतर्फ आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि रमेश रिजाललाई मन्त्री बनाएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com