कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार

कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट १० सिट पाएको नेपाली कांग्रेसले सबै उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार राति अबेर भएको केन्द्रीय कार्यसम्पादन समिति र सोमबार बिहानै बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ । यस्तै, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाउने सहमति भएको छ । गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनीमा विष्णुदेवी सापकोटा, कर्णालीमा कृष्ण रोकाया, सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सिटौला गत वर्षको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए । निर्वाचनमा पराजित भएको १३ महिनापछि उनी राष्ट्रिय सभा छिर्ने पक्का भएको छ । सिटौलाको नाममा आइतबारै सहमति भएको थियो । दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित सिटौलालाई कांग्रेसले यसपटक राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी चुनावी मैदानमा उतारेको हो ।

गण्डकीका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार संस्थापन इतर समूहका उम्मेदवार हुन् । यस्तै इतर समूहले लुम्बिनीबाट विष्णुदेवी सापकोटालाई उम्मेदवार बनाएको हो । उनले महिला कोटाबाट टिकट पाएकी हुन् ।

इतर पक्षका शेखर–गगन समूहले पार्टीले पाएको १० मध्ये ४ उम्मेदवारमा दाबी गरेको थियो । तर इतर पक्षले तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । संस्थापन र इतर पक्षबीच उम्मेदवार छनोटमा विवाद हुँदा सहमतिको प्रयास लम्बिएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com