
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि काँग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पार्नुभयो ।
उहाँले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उहाँले दुवैलाई सन्तुलनमा राख्नका लागि काँग्रेस मैदानमा प्रवेश गरेको बताउनु भयो ।
उहाँले काँग्रेस खेलाडीको रुपमा नभइ रेफ्रीको रुपमा मैदान प्रवेश गरेको भन्दै आफुहरु खबरदारी गर्नका लागि मैदानमा आएको बताउनु भयो । जो कोही नभएपनि सरकार र संसद पाँच वर्ष चल्छ भन्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिएको उहाँले स्पष्ट पार्नुभयो ।