काँग्रेस बुढो भयो, माओवादीसँग विचार नै छैन् : ओली

काँग्रेस बुढो भयो, माओवादीसँग विचार नै छैन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस बुढो पार्टी भएको टिप्पणी गरेका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले काँग्रेसमा युवा नेता भए पनि विचार बुढो भएको बताएका हुन्।

यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रसँग विचार नै नभएको टिप्पणी गरे। उनले माओवादी केन्द्रको महान् जनयुद्ध भए पनि फागुन १ गते श्राद्ध गरिसकेको टिप्पणी गरे। अध्यक्ष ओलीले नेपालमा कहिलेकाहीँ लहर चले पनि एमाले जस्तो पार्टी कुनै पनि नभएको भन्दै उनले गत मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गरेर घाच्चघुच्च लहर चलेको बताए।

ओलीले आउँदो चुनावमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै रोकेर देखाउन चुनौतीसमेत दिएका छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com