कांग्रेस मधेस प्रदेश सम्मेलन: शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताको नोट अफ डिसेन्ट

कांग्रेस मधेस प्रदेश सम्मेलन: शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताको नोट अफ डिसेन्ट

कांग्रेसका नेता डा. शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको दाबी गरेका छन ।

नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका छन । ५र ६ पुसमा कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन हुदँै छ । जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ । कोइरालालाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो । पार्टीको २५ औँ वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि भएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com