काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन

काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन

काठमाडौँ । काँग्रेसका सांसद सञ्जय गौतम आमरण अनशनमा बसेका छन्। विकास निर्माणका १५ बुँदे माग राख्दै उनी आमरण अनसन बसेका हुन् । बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्य गौतमले शनिबार जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका छन् ।

उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने माग राखेका छन्। उनले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने मागसमेत राखेका छन्।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com