काँग्रेस सांसद यादवद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता

काँग्रेस सांसद यादवद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता


नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ ।

शुक्रवार अपरान्ह संघीय संसद भवन पुगेर उहाँले सो पदका लागि उम्मेदवारी दिनुभएको हो । सांसद यादवलाई नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डे प्रश्तावक रहनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्ला र समर्थक रहनुभएको छ ।

यादवलाई काँग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चासहितका विपक्ष दलहरुको समर्थन छ । त्यस अवसरमा उहाँले सञ्चारकर्मीमाझ आफू विजयी भएमा तटस्थ रहेर निष्पक्ष भुमिका निर्वाह गर्ने बताउनु भयो । आफूलाई सबै दलका सांसदहरुले दलभन्दा माथि उठेर मतदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

सांसद यादवले भन्नुभयो, ‘मेरो एकदमै निष्पक्ष भुमिका रहन्छ । उपसभामुख एउटा न्युट्रल हुन्छ नि । न्युट्रल रहेर आफ्नो भुमिका निर्वाह गर्छु । आफूलाई काँग्रेस, लोसपा, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले मत दिनेछ । अरु दलले पनि दलहरुभन्दा माथि उठेर मलाई सबै दलले सहयोग गर्नुहुन्छ । त्यसमा म विश्वस्त छु ।’

उपसभामुख पदको निर्वाचनका लागि माघ ७ गते (भोलि) प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com