कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी: महामन्त्री थापा

कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी: महामन्त्री थापा
Published on
Updated on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताए ।

उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । काठमाडौँ निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गरे । यदि कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियाे ।

कार्यक्रममा काठमाडौँ क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए ।

उनले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियाे ।

काठमाडौं क्षेत्र ४ (१) का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताए । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com