
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
अहिलेकेहिबेरमा बस्ने बैठकमा संसद्मा अब काँग्रेसले खेल्ने भूमिका र वर्तमान राजनीतिक गतिविधि बारे छलफल हुने बताउनुभयो ।
निर्वाचनमा पहिलो दल बनेको काँग्रेस यसअघिको गठबन्धनलाई जोगाउन नसक्दा प्रतिपक्षमा पुगेको छ ।
प्रतिनिधिसभाको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । अब संसदमा कसरी रचनात्मक रूपमा प्रतिपक्षीको भूमिका निभाउने भन्ने बारेमा बैठकले निर्णय लिने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँग पनि विश्वासको मत मागेकाले उहाँलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा पनि छलफल हुने बताईएको छ ।