कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

काठमाडौं । शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिएका छन्। ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com