संविधान आवश्यकता अनुसार फेरिन र फ्याँकिन सकिन्छ : लिङ्देन

संविधान आवश्यकता अनुसार फेरिन र फ्याँकिन सकिन्छ : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशमा स्वार्थका लागि गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्, ”देश र जनताको हितको रक्षा भन्दा संविधानको रक्षाका लागि गठबन्धन भएको बताएका छन् । उनले संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकता अनुसार फेरिन र फ्याँकिन” सक्ने पनि बताए ।

‘संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ। #सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन !’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com