प्रधानमन्त्रीद्वारा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्रीद्वारा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्नुभएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पनि सहभागिता रहेको थियो । संविधान र कानून बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभामा रिक्त रहेका १ स्थानको पनि निर्वाचन गराउने विषयमा प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्नुभएको उपप्रधानमन्त्री एवम अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभामा एक स्थान रिक्त छ । त्यसको निर्वाचनलगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीज्यूहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसँग परामर्श गर्नुभएको हो । निर्वाचनको मिति पछि समय आएपछि थाहा भईहाल्छ ।’

नयाँ संसद आएसँगै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही काममा लागि प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गर्नुभएको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार निर्वाचनको मिति भने अर्को बैठकले तय गर्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com