राष्ट्रिय सभाको उम्मेदवार सिफारिसको विषयले धनुषा कांग्रेसमा विवाद

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसको विषयले धनुषा कांग्रेसमा विवाद

जनकपुर । नेपाली कांग्रेस धनुषाभित्र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिसको विषयमा विवाद देखिएको छ ।

जिल्ला सभापति जोगी पंजियारले कांग्रेसको विधि प्रक्रिया विपरीत एकलौटीरुपमा नाम सिफारिस गरेको भन्दै विवाद भएको हो । सभापति पंजियारले प्रभावशाली नेता आन्नप्रसाद ढुगांनालाई पन्छाएपछि उपसभापति गणेश झाले आपत्ति जनाएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै सभापतिले गरेको सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेका गरेका छन् । जिल्ला सभापतिले मधेश प्रदेश समितिमा ६ जनाको नाम सिफारिस गरेका छन् भने कांग्रेस क्षेत्र नम्बर ४ ले १० जनाको नाम सिफारिस गरेको पाइएको छ ।

मधेश प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका क्षेत्रीय सभापति कुमारकान्त झाले हस्ताक्षर गरेको पत्रमा १० जनाको नाम उल्लेख छ । पार्टी भित्र रहेका विभिन्न गुट र उपगुटका कारण धनुषामा कांग्रेस कमजोर हुँदै गएको कार्यकर्ताहरुको गुनासो छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com