कांग्रेस मधेस प्रदेश सम्मेलनमा मर्यादाको विवाद, विमलेन्द्र मञ्चमै गएनन्

कांग्रेस मधेस प्रदेश सम्मेलनमा मर्यादाको विवाद, विमलेन्द्र मञ्चमै गएनन्

काठमाडौं । कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमले विवाद भएको छ । आज बिहीबार देखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद भएको हो ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन् । मधेस प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि व्यक्त गरेका छन ।

कांग्रेस पूर्व उपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमै आसन ग्रहण गर्न अस्वीकार गरेका छन् । उनी दर्शकदीर्घमै बसिरहेका छन् । सम्मेलनको पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी रहेका छन ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com