मतगणना अपडेट: तनहुँ र चितवनमा रास्वपा तथा बारामा जसपाको अग्रता

मतगणना अपडेट: तनहुँ र चितवनमा रास्वपा तथा बारामा जसपाको अग्रता

काठमाडौँ । उपनिर्वाचन भएका तीन वटै निर्वाचन क्षेत्रको मत गणना अहिले जारी छ । तीन वटा मध्य तनहुँ-१ मा करिब ४३ हजार मत गनिसक्दा रास्वपाका डाक्टर स्वर्णिम वाग्लेले ९ हजार भन्दा बढीको अग्रता कायम राख्नुभएको छ। वाग्लेले २२ हजार २ सय ६० मत ल्याउँदा उहाँका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको छ । यता चितवन-२ मा केहीबेर अघिमात्र मत गणना शुरु भएको छ।

पछिल्लो अपडेट अनुसार चितवन-२ मा रास्वपाका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ। अहिले साँझ ६:३० बजेसम्मको नतिजा अनुसार लामिछानेले ४ हजार ३ सय ५८ मत ल्याउँदा उहाँलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५ सय ८५ र नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ।

उता वारा-२ मा पनि मत गणनाको प्रारम्भिक परिणाम आउन थालेको छ। अहिलेसम्म बारा-२ मा ५ हजार ८ सय ३२ मत गणना भएको छ । वारा-२ मा सत्ता गठबन्धनका साझा उमेदवार एवं जसपाका अध्यक्ष उपेन्द्र यादवले २ हजार ६ सय मत पाउँदा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले १ हजार ८ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com