राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेट

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका राजदुत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । 

बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्षको कार्यकक्षमा राजदुत सङले शिष्टाचार भेट गर्नुभएको हो ।

शिष्टाचार भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले राजदुतसँगको औपचारिक भेटघाट मात्रै भएको बताउनु भयो । उहाँले राजदुतसँगको भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा छलफल भएको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले भेटमा नेपाल—चीन सम्बन्ध,नेपालको आर्थिक विकासमा चीन सरकारको भुमिका र नेपालमा चीन बिरोधी गतिविधि नहुन चीन एक नीतिप्रति समर्थन रहिरहोस् भन्ने चासो राजदुतले राख्नुभएको बताउनु भयो ।

उहाँले राजदुतसँग नेपालको विकास निर्माणमा निनियाँ ठेकेदार कम्पनीहरुले गर्ने काममा सुस्तता आएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई नेपालमा फर्काएर निर्माणको काम तिब्र गतिमा सम्पन्न गराउन आग्रह गरेको बताउनु भयो । उहाँले कोरोना महामारी तथा पहिरोको कारण चीन–नेपालका व्यापारीक नाका सहज बनाउन माग गरेको समेत बताउनु भयो । 

अध्यक्ष तिमिल्सिनाले नेपाल—चीन कोरोला नाकामा दुई देशको भन्सार सञ्चालन गरी व्यापार सहज बनाउन आग्रह गरेको पनि बताउनु भयो ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com