
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गर्नुभयो ।
पार्टीका सांसदहरुका लागि शनिवारबाट संसद भवन नयाँ बानेश्वरमा शुरु भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताउनु भयो ।
नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले मोहनविक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको प्रतिक्रिया समेत दिनुभयो ।
अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढ्न पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भयो ।