नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।  च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रिय समितिको छलफलको अजेन्डा तय हुनेछ । 

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो । गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com