एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् । साथै उनले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताए । 

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com