डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित

डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । युवराज फ्रेडरिकलाई हिजो प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गरेका हुन् ।

डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । महारानी मार्गरेटले आफू जीवितै हुँदा राजगद्दी त्याग गरी छोरालाई राजा बनाएकी हुन् ।

सो ऐतिहासिक क्षण हेर्नका लागि डेनमार्कमा हजारौं मानिस भेला भएका थिए । महारानीले ५२ वर्ष लामो राजगद्दी छोरा फ्रेडरिकलाई हस्तान्तरण गरेकी हुन् । भीडलाई सम्बोधन गर्दै नयाँ राजा फ्रेडरिकले भविष्यका लागि एकतावद्ध राजा बन्ने विश्वास दिलाए ।

साथै आफ्नी आमा महारानी मार्गरेटको प्रशंशा समेत गरे । महारानी मार्गरेट ८ सय वर्षको इतिहासमा स्वेच्छाले राजगद्दी त्याग गर्ने पहिलो उत्तराधिकारी बनेकी छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com