दाङका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा, विक्षिप्त परिवार

दाङका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा, विक्षिप्त परिवार

दाङ । विद्यार्थी भिसामा गत असार ७ गते रुस गएका दाङका २३ वर्षीय प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

गरिबीका कारण पढ्ने बहाना बनाएर रुस पुगेका प्रतिक सेनामा भर्ती भएर युक्रेनसँगको लडाइमा थिए । गत असारमा रुस गएका प्रतीक तीन महिनाअघि सेनामा भर्ती भएका थिए । मंसिर १६ गते युक्रेनी सेनाको नियन्त्रणमा रहेका उनको परिवार यतिबेला छोरा सकुशल घर फिर्ता हुन्छ कि हुदैँन भन्ने पिरलोमा छन् ।

रोल्पाको रुन्टिगढीबाट दाङमा बसाइँ सरेका प्रतीकका बाबुको मिर्गौला रोगका कारण ४६ वर्षको उमेरमा मृत्यु भएपछिको आर्थिक संकट टार्न छोरा विदेसिएको परिवारले जनाएको छ ।

आमा तिलकुमारीले छोरालाई घर फर्कन आग्रह गरे पनि नमानेका प्रतीक मंसिर १६ गतेदेखि सम्पर्कमा छैनन् । पोर्चगुल जान भिसा एप्लाइ गरेका उनी भिसा रिजेक्ट भएपछि पढ्न र काम गर्न भन्दै रुस गएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com