रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु

रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।

रुसकाे मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।

उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकाे घटना सार्वजनिक भएको हो ।

रुस-युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ । अन्य केही पनि सम्पर्कविहीन रहेको सूचना छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com