
काठमाडौँ । समाजवादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।
एक नेताका अनुसार मोर्चामा चार दल रहनेछन् । मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको छ।