डेडिकेटेड र ट्रङ्क लाइनको महशुल पाँच वर्षभित्र तिरे हुने

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल पाँच वर्षभित्र तिरे हुने
TRIO

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण उद्योगहरुले डेडिकेटेड र ट्रङ्क लाइन बापतको बाँकी महशुल भुक्तानी ६० किस्ता (पाँच वर्ष) तिर्न सक्ने गरी लचिलो भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ अबेर बसेको प्राधिकरण सञ्चालक समिति बैठकले किस्ताबन्दीमा बक्यौता भुक्तानी गर्न सकिने सुविधा दिने निर्णय गरेको हो । अब उद्योगीले आफूले तिर्नुपर्ने बक्यौता रकमलाई ६० ले भाग गरी एक महिनामा एक किस्ता रकम तिरे पुग्नेछ ।

जति महिनाको बिल जारी भएको त्यति ने महिना वा अधिकतम ६० महिनाभित्र महसुल तिरिसक्नुपर्ने गरी सुविधा दिने निर्णय बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

प्राधिकरणले केही समयदेखि विदुत महसुल नतिरेको भन्दै करिब दर्जन उद्योगको विद्युत सेवा बन्द गराएको थियो । डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगबाट प्राधिकरणले जरिवानासहित २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com