राष्ट्रपति पौडेलको उपचार खर्चबारे संसदमा जानकारी गराउन माग

राष्ट्रपति पौडेलको उपचार खर्चबारे संसदमा जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले यस्तो माग गरेको हुन् ।

सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए। ‘राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा विवरण आइरहेका छन्, भएको के हो ? सरकारले संसद्लाई जानकारी गराएको छैन,’ उनले भने, ‘सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड गरेर राष्ट्रपतिलाई भारतमा उपचार गर्न पठाएको भन्ने ब्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको पनि थापाको भनाइ थियो। राष्ट्रपति पौडेललाई थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com