माईतीघर मण्डलामा भ्रष्टाचार विरूद्ध प्रदर्शन

माईतीघर मण्डलामा भ्रष्टाचार विरूद्ध प्रदर्शन

काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भएर भ्रष्टाचार बिरोधी विभिन्न सांगीतिक प्रस्तुती समेत दिएका थिए ।

बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणकाे बारेमा संसदमा पनि आवाज उठाएको बताए । अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको उनले बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।

बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको बताए । उनले देश अफ्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए ।

उनले अहिलेको नेताहरु भगौडे रहेको र सबै उद्योग धन्दाहरु बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए । त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए ।

उनले जनतालाई आँखामा छारो हालिरहेको बताए । त्यस्तै, प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताए । प्रदर्शनकारीहरुले जनता मुर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगिरहेको बताएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com