सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादबबिरूद्ध प्रदर्शन

सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादबबिरूद्ध प्रदर्शन

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादबबिरूद्ध सिरहाको गोलबजारमा बिरोध प्रदर्शन र गरिएको छ । संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग गरेको हो ।

मोर्चाले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको थियो ।

‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ’, मोर्चाका सचिव रविनकुमार महराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौं ।’

भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंद, जिल्लाका प्रमुख प्रशासकहरु जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सहभागिताले झन् जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।

दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।

नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका गाउँपालिका अध्यक्ष यादवले आफ्नी आमाको १३औं पुण्यतिथिका दिन आयोजना गरेको भोजमा दलित, मुस्लिम र गैरदलित समुदायलाई प्लेकार्ड र फ्लेक्स बोर्ड नै टाँसेर अलग-अलग ठाउँमा भोज खुवाएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com