सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन

सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ माइतीघरमा प्रदर्शन गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको माइतीघरमा भेला भई नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैङ्कको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । पदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, संघीयता खारेज गर्, हिन्दु राज्‍य जिन्दावाद जस्ता नाराहरू लगाएका थिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com