उपसभामुख इन्दिरा रानामगरले आज शपथ लिदैं

उपसभामुख इन्दिरा रानामगरले आज शपथ लिदैं

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।

रानाले सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समाभुख देवराज घिमिरेबाट सपथ ग्रहण गर्न लाग्नु भएको हो । राना गत शनिवार उपसभामुखमा निर्वाचित हुनु भएको थियो । राना सत्ता गठबन्धनका तर्फबाट उसिभामुखमा निर्वाचित हुनु भएको हो ।

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेर राजनीतिमा लागेको छोटै समयमा उपसभामुख बन्नु भएको हो । प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनमा आधरमा भएको निर्वाचनमा रानालाई १६६ मत प्राप्त भएको थियो भने उहाँको विपक्षमा ९७ मत परेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com