काँग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलनको देउवाले उद्घाटन गर्ने

काँग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलनको देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । काँग्रेस प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने काँग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । सम्मेलनबाट प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने शर्माले सुनाए ।

सम्मेलनबाट पार्टीलाई विधानत चल्न आग्रह प्रदेश सभापति शर्माले बताए । ‘सम्मेलनमार्फत पार्टीलाई विधानत चल्न आग्रह गर्छौ । केन्द्रले सहयोग गरेन भने देशैभर जान्छौँ’, उनले भने, ‘पार्टी विधानत चलेन, विकृति जगायो । पार्टीलाई विधानत चलायो भने पार्टी एउटै हुन्छ, विकृति हट्छ गुटको अन्त्य हुन्छ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com