
काठमाडौं । गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित हुनुभएको छ ।
आज प्रदेश सभामा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका सांसद धितालले ३२ मत पाउनुभयो ।
६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी थिए । सभामुखमा नेपाली काँग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिनु भएको थियो ।