माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला ?

माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार एकताका विषयमा भएको छलफल सकरात्मक रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com