बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ । यसअघि यी राजनीतिक दलका नेताहरू छुट्टाछुट्टै छलफलमा थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com