संसदमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

संसदमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए। यस्तैगरी, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभा बैठकमा पनि सरकारको नीति कार्यक्रममाथि नै छलफल हुनेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com