सरकार र शिक्षकबीच भएको छलफल निष्कर्षविहीन

सरकार र शिक्षकबीच भएको छलफल निष्कर्षविहीन

काठमाडौँ । शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरूसँग सरकारले गरेको छलफल विना निष्कर्ष टुंगिएको छ।

बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले जानकारी दिए।

छलफल सकारात्मक भएपनि आन्दोलन रोक्नेबारेमा निष्कर्ष ननिस्किएको र अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ,’ उनले बताए।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com