सिंहदरवार र राजधानी सार्नुस्, आपत्ति छैन : बालेन शाह

सिंहदरवार र राजधानी सार्नुस्, आपत्ति छैन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरवार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् । 

आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरवारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो । 

यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौंवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए । 

काठमाडौंको हिमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’ 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com