राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे, निजी सचिवमा अधिकारी

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे,  निजी सचिवमा अधिकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार हुनुभएको थियो । उहाँ नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ । उहाँ लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्छ । तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले सोमबार राष्ट्रपति पदको शपथ लिनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com