डा. चन्द्र भण्डारीको प्रश्न-यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

डा. चन्द्र भण्डारीको प्रश्न-यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले यो ‘कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ?’ भन्दै प्रश्न गरे । अहिले समाजमा असामाजिक गतिविधि बढेको उनले बताए ।

“के यो देश कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ? प्रश्न यो हो,” उनले भने, “यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आँसुमा पनि मुस्कान दिन्छ ।” देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्नेमा उनले जोड दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com