डा. केशव पौडेल उपाध्यक्षमा निर्वाचित

डा. केशव पौडेल उपाध्यक्षमा निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हिजो बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंबाट शुन्य मत पाएको भनिएका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेललाई विजयी घोषणा गरिएको छ । ग्लोबल भोटिङमा उनको नाम kesab भनेर दर्ता थियो । यता काठमाडौंमा भने Keshav भनेर दर्ता रहेको पाइएको छ । स्पेलिङ फरक परेपछि सिस्टमले काठमाडौंमा उनको पाएको भोट काउन्ट नै गरेन ।

काठमाडौंको ३५६ मतलाई कुल मतमा मर्ज गर्न सिस्टमले दिएन । यो इररलाई सच्चाएर काठमाडौंमा उनले प्राप्त गरेको मत जोड्दा उनी विजयी भएका हुन् । १३५७ मत ल्याएर विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानलाई पराजित घोषणा गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com